दुई हप्तादेखि गुफामा थुनिएका सबैको उद्धार

काठमाडौं, असार २७ । थाइल्यान्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबैजनाको उद्धार गरिएको थाइल्यान्डको नौ सैनिक एक एकाइले जनाएको छ ।

फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक १८ दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । उनीहरु सबैलाई मंगलबार सम्म उद्धार गरिएको नौ सैनिकले आफ्नो फेसबुक पेजमा जनाएको हो । नौ सैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ ।

यद्यपि, लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुन सक्ने भन्दै अस्पताल भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *