प्रधानमन्त्री ओली र मन्त्रीपरिषद्का सदस्यविच छलफल, यस्ताे छ विषय

काठमाडाैं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद्का सदस्यसंग बजेट कार्यान्वयनका विषयमा छलफल गर्दै हुनुहुन्छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, बजेटका बारेमा आज छलफल गर्नु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल हुने बताइएकाे छ ।  सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट साउन १ गतेदेखि पूर्ण रुपमा लागु हुने र त्यसका लागि मन्त्रालयको तयारी बारे छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले  जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले जेठ २५ गते मन्त्रीतथा सचिवसँग छलफल गरि नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको योजना पेस गर्न निर्देशन दिनुभएको थियो । उहाँले असार १५ गते भित्र ठोस योजनालिएर आउन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *