विश्वकप फुटबलकाे दोस्रो सेमिफाईनलमा अाज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै, को पुग्ला फाईनल ?

काठमाडाैं, असार २७ । विश्वकप फुटबलको दोस्रो सेमिफाईनलमा इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । विजेता टोलीले उपाधिलागि फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ ।

इङ्ल्याण्डले सेमिफाईनलमा स्विडेनलाई २–० ले पराजित गरेको थियो । क्रोएसियाले आयोजक रुसलाई टाईब्रेकरमा हराउदै अन्तिम ४ को यात्रा तय गरेको थियो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।

क्रोएसियाले क्वार्टरफाईनलमा डेनमार्क र इङल्याण्डले कोलम्बियालाई स्तब्ध बनाएका थिए । दुवै टोली ठुला प्रतियोगितामा मात्र एक पटक भेटेका छन् । सन् २००४ मा भएको युरो कपको समुह चरणमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

दुवै टोली यसअघि ८ पटक भिडेका छन् । जसमा चार पटक इङ्ल्याण्ड विजयी भएको छ । क्रोएसियाले २ खेल जितेको छ । दुई खेल गोल रहित बराबरीमा सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *