एसईईका बिद्यार्थी विचकाे डान्स ‘च्याम्पियनसिप’ सम्पन्न, बुटवलका बिबेकलाई प्रथम उपाधि

काठमाडौँ, असार २७ । एसईई डान्स च्याम्पियनसिप सम्पन्न भएको छ । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीकाे अायाेजनामा गरिएकाे च्याम्पियनसिप  यहि असार २३ गते शनिबार राष्ट्रिय नाचघर जमलमा भएकाे हाे ।
२०७४ सालमा देशभरिका बिद्यालयहरुबाट एसईईमा सहभागी भएका बिद्यार्थीहरु विच गरिएको उक्त एसईई डान्स च्याम्पियनसिपमा ५०० जना प्रतिस्पर्धीहरु अडिसनमा सहभागि भएका थिए । सो पश्चात मेघा राउण्ड हुँदै अन्तिम टप १६ मा छनोट भएका प्रतिस्पर्धिहरु विच शनिबार फाइनल प्रतियोगिता गरिएको थियो ।


उक्त प्रतियोगितामा डाउन चिल्ड्रेन इङलिस स्कुल बुटवलका बिबेक थापा मगर प्रथम, न्यु भिजन एकेडेमी कोटेश्वरका प्रवेश खड्का दोश्रो, ड्याफोडियल पब्लिक स्कुल कपनका सुदेक्षा दहाल तेश्रो, इस्टपोल स्कुल बौद्धकी स्वस्तिका बस्नेत र प्राक्सिस इन्टरनेशनल एकेडमी चाबहिलकी सरिता सिग्देलले सान्त्वनाको उपाधि पाएकी छिन् ।


यस्तै डाइमण्ड मोडल स्कुल पोखराका समृद्धि पाण्डे बेष्ट डिसिपिलियन, ड्याफोडियल पब्लिक स्कुलकी सुदिक्षा दहाल बेष्ट कोरेयोग्राफर, श्री ज्ञानोदय रात्री मावीका अनुजराज शाक्यले बेष्ट स्किल र श्री कुमारी सेकेन्डरी स्कुलकी दिपिका तामाङ बेष्ट पर्फमेन्सबाट पुरस्कृत भएकी छिन् ।

बिजेताहरु प्रथम, द्धितिय र तृतियले क्रमशः रु.५०,०००, ३०,००० र २०,००० नगद , ट्रफी, प्रमाण–पत्र साथै ग्रान्ड फिनालेमा पुग्ने सबै बिद्यार्थीहरुले पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन । साथै उत्कृष्ट ५ जनाले राष्ट्रिय नाचघरमा ६ महिनाको छात्रवृत्ति पनि पाउनेछन । नगद पुरस्कार अर्जुन रसाइली क्यानडा, काठमाडौ बिनायक शिक्षालाय, सिनामंगल र प्राक्सिस इन्टरनेशनल एकेडेमी चाबहिलले प्रायोजन गरेको थियो ।

उक्त कार्यक्रममा नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ट कत्थक नृत्य गुरु मनोरञ्जन जोशी, टेक्सास इन्टरनेशनल कलेजका सिइओ भेशराज पोखरेल, जेष्ठ नागरिक महासङ महासचिव छत्र प्रधान, समाजसेवी कृष्ण घिमिरेलाई सम्मान गरिएको बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीका डाइरेक्टर महेश गोदारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =