विश्वकप फुटबल: बेल्जियमलाई १–० हराउदैं फ्रान्स फाईनलमा प्रवेश

काठमाडाैं, असार २७ । रसियामा जारी फ्रान्स विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले फाईनलमा स्थान पक्का गरेको हो ।

पहिलो सेमिफाईनलको खेलमा फ्रान्सको जितमा स्यामुएल उम्टीटीको गोल निर्णायक बन्यो । खेलको ५१ औ मिनेटमा उम्टीटीले हेडमार्फत फ्रान्सकालागि गोल गरेका थिए ।

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । बल पोजिसनमा बेल्जियम राम्रो देखिएपनि फ्रान्सले काउन्टर अट्याकमा अब्बल देखियो ।

जितसंगै फ्रान्स तेस्रो पटक विश्वकपको फाईनलमा प्रवेश गरेको छ । यसअघि दुई पटक फाईनल खेलेको फ्रान्स उपाधि सहित घर फर्किएको थियो ।

स्वर्णीम पुस्ताका खेलाडीले भरिएको बेल्जियम भने सेमिफाईनलबाटै घर फर्कन बाध्य भयो । फ्रान्सले अब उपाधिकालागि इङ्ल्याण्ड र क्रोएसियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । बेल्जियमले तेस्रो स्थानकालागि दोस्रो सेमिफाईनलमा पराजित हुने टोलीसंग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *