राेनाल्डाे इटाली क्लब युभेन्टस जाने सम्झाैता, वार्षिक ३० मिलियन युरो कमाउने

एजेन्सी । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानाे राेनाल्डाे युभेन्टस स्थानान्तरण भएका छन् । पाँच पटकको बलोन डिओर विजेता रोनाल्डोले रियल म्याड्रिड छाड्दै युभेन्टससँग सम्झौता गरेका छन् ।

१ सय मिलियन युरोको सम्झौतामा युभेन्टस आएका रोनाल्डोले वार्षिक ३० मिलियन युरो कमाउने छन् ।

रोनाल्डोलाई भेट्न इटालियन क्लब युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली अजि ग्रिस पुगेका थिए। रोनाल्डो र क्लबबीच ग्रिसमै भोलि अन्तिम सम्झौता हुनेछ।

यसअघि रोनाल्डो भित्र्याउन सिरी ए च्याम्पियन युभेन्टसले रियललाई गत साता ८८ मिलियन पाउण्डको प्रस्ताब गरेको थियो।

सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा मड्रिड आएका रोनाल्डोको  रियलसँगको अनुबन्ध सम्झौता अझै ३ बर्ष बाँकी थियो। रोनाल्डोले गत सिजनमात्र सन् २०२१ सम्मको लागि सम्झौता नविकरण गरेका थिए ।

३३ वर्षे रोनाल्डोले रियल म्याड्रिडबाट ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरेका छन् । उनी रियलका सर्वाधिक गोलकर्ता पनि हुन् । यस अवधिमा उनले २ ला लिगा र ४ पटक च्याम्पियन्स लिग, ३ क्लब वल्र्ड कप, २ काेपा डेल रे, २ स्पेनिस सुपरकप उपाधि जित्न सफल भएका थिए ।

रियल म्याड्रिडसंग मे महिनामा च्याम्पियन्स लिग फाइनल जितेपछि रियलमा रहने अनिश्चितता प्रकट गरेका थिए ।

रोनाल्डो यस अघि इंग्ल्यान्डमा म्यानचेस्टर युनाइटेड र पोर्चुगलमा स्पोर्टिङ सीपीबाट खेलेका थिए । पोर्चुगलकाे राष्टिय टिमकाे कप्तान समेत रहेका रोनाल्डोले राष्ट्रिय टिमबाट ८५ गोल गरेका छन् ।

उनी सक्रिय खेलाडीहरु मध्ये राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता पनि रहेका छन् ।

स्पेन र इंग्ल्यान्डमा सफलता हांसिल गरेका रोनाल्डोका लागि इटालीमा प्रदर्शन गर्नु उत्तिकै चुनौति पनि हुने छ । रोनाल्डो भर्खरै विश्वकपबाट पोर्चुगलसंग बाहिरिएका हुन् । ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् ।

राेनाल्डाेकाे वहिर्गमन पछि रियललार्इ ठूलाे धक्का लागेकाे छ । रियलले रानाल्डाेकाे स्थानमा फ्रान्सकाे पिएसजीका ब्राजिलियन स्ट्राइकर नेयमारलार्इ भित्र्याउन सक्ने अड्कल गरिएकाे छ ।

यद्यपि, विश्वकप फुटवलकाे याे माहाैलमा नेयमारकाे रियल इन्ट्रि निश्चित भने भएकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *