माफियाको आरोप लागेका अन्सारीको चुनौतीः रत्नपार्कमा लगेर फाँसी दिए हुन्छ

डा. केसीका जायज माग सम्बोधन गर्नु पर्छ, नाजायज माग कुनै हालतमा सम्बोधन गर्नु हुँदैन । के नेपालमा मेडिकल कलेज चाहिँदैन यो माग जायज हो ?

विदेश जानको लागि नेपालीहरुले एनओसी लिनु पर्छ । यहाँ पढाइ हुने खालकै शिक्षाका लागि वार्षिक ५ सय बढि विद्यार्थी विदेश गइरहेका छन् । काठमाडौंमा कलेज खोल्न नदिएका कारणले ।

आयोगका तीन वटा आयोगका तीन वटै रिपोर्ट छन् । लागु गर्ने नगर्ने सरकारको कुरा हो । म नेपालीको छोरो हो के नेपालमा बिजनेस गर्न पाउँदिन ? मलाई काठमाडौंमा व्यापार गर्ने अधिकार छैन ?

आज जतिपनि डाक्टर छन् काठमाडौं बाहिर जान गाह्रो मान्छन् । काठमाडौँमा ६० हजारमा काम गर्न तयार डाक्टर वीरगञ्जमा २ लाख दिँदा पनि जान मान्दैनन् ।

दार्चुला, हुम्ला, जुम्लामा खोल्ने भनेर मात्रै हुन्छ कि कार्यन्वयन पनि हुनुपर्छ ।

एेन कानुन भित्र रहेर काम गरेका छौं । मैले मात्रै वार्षिक नेपाल सरकारलाई १४ करोड राजश्व तिरेको छु । वीरगन्जमा धेरैलाई रोजगारी दिएको छु ।

सरकारले गर्न नसकेको तराई भागमा मैले गरेको छु । माफिया कसलाई भनिन्छ ? त्यो क्लियर हुनु पर्यो । जसले प्रचलित कानुन बमोजिम काम गर्छ त्यसलाई माफिया भन्ने ? यति धेरै रोजगारी दिने मान्छेलाई अवार्ड दिनु पर्ने ठाउँमा उल्टै माफिया भन्ने !

गैर कानूनी काम गरेको छ भने सजाय दिनुपर्छ । हामी पनि कानुन अनुसार दर्ता भएर सरकारले नै अनुमती दिएर काम गर्न थालेका हौं ।

म माफिया हो र गैर कानूनी हो भने टुँडिखेलमा लगेर फासी दिनु पर्यो । अनि सबै नेपालीले थाहा पाउने छन् यस्तो काम गर्यो भने फासी पाइँदोरहेछ । एक जनाको हटका कारण नेपालले कति घाटा व्यहोरी सक्यो ?

रेमिट्यान्स मार्फत भित्रिएको रकम शिक्षा र स्वास्थ्यको नाममा खरवौं रुपैयाँ विदेशनै पुगेको छ । डा. केसीले क्वालिटिको कुरा गर्नु भएको छ । मेडिकल कलेजलाई सरकारीकरण गर्नुपर्छ भन्नु भएको छ ।

हाम्रो लगानीको १० प्रतिशत दिलाइदिनुस्, म अहिले तालाचावी बुझाउन तयार छु । विदेशमा पढेर आउनेको क्वालिटी पनि राम्रो छैन, जति नेपालमा पढ्ने डाक्टरको छ ।

डा. केसीले विदेशका मेडिकल कलेजमा विद्यार्थी पठाउन सहयोग गरेका छन् ।

स्लाइन पानी लगाएर दुनियाँमा कहिँ पनि अनसन हुँदैन । उनले मृत्युको कुरा गर्नु हुँदैनथ्यो । उनका श्रीमती, बच्चा भएको भए के हालत हुन्थ्यो ?

त्यो भन्दा पाप केहि हुँदैनथ्यो । डा. केसीले साँँच्चै नेपालमा शिक्षा, स्वास्थ्यमा सुधारका लागि चाहेका हुन् भने डीन बनुन् । पहिले पनि हाम्रा साथीहरुले यो कुरा लिएर गएकै हुन्, मानेनन् ।

सरकारले अहिले पनि उनलाई राजिखुशीले राखिदिन्छ । उपचारका लागि विदेश जानु हुँदैन भने यहाँ मेडिकल खोल्न पाउनु पर्यो नि !

सर्वोच्च अदालतभन्दा ठूलो डा. केसी हो ? अदालतको आदेश कार्यन्वयन गर्ने सरकारलाई माफिया भन्ने यो कानुनी राज्य हो कि हैन ?

(काठमाडौँ नेशनल मेडिकल कलेजका प्रवन्धक अन्सारीले एक टेलिभिजन कार्यक्रममा गरेको वहसको सम्पादित अंस)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *