मैथिली भाषाको चलचित्र ‘प्रेमक बसात’काे ट्रेलर तथा गीत सार्वजनिक, अगस्ट १ मा च्यारिटी शो हुने

काठमाडौं । मैथिली भाषाको चलिचत्र ‘प्रेमक बसात’ काे ट्रेलर तथा गीत सार्वजनिक भएकाे छ । प्रेम कथामा आधारित याे चलचित्र मैथिली भाषाको  सबैभन्दा महंगो चलचित्र हाे । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाविच चलिचत्रको ट्रेलर तथा गीत सार्वजनिक गरिएको हाे।

हिन्दु मुश्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सह कलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन् ।

भारतको मुम्बईमा निर्माण भएको  यस चलचित्रमा भारतकै चर्चित गायक आदित्य नारायण र तोचि रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् ।

वेदान्त झाले निर्माण गरेको चलचित्रको रुपक सरारले निर्देशन गरेका हुन् भने रुपक सरारले लेखेको चलचित्रलाइ संगित सरोज सुमन, प्रवेश मल्लिक, एस कुमारले दिएका छन् ।

जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा एक करोड लगानिमा तयार भएको चलचित्र लाइ नेपालका विभिन्न शहर सहित भारत, दुबई, कतार अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिजिल गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी गरेको छ ।

मैथिली भाषालाई विश्वव्यापी बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका रहने निर्माण युनिटको विश्वास रहेको छ । आगामी अगस्ट १ तारिखमा काठमाडौँमा बिशेष च्यारिटी शो गरिने भएको छ ।

भिडियो गीत यस्तो छ :

https://youtu.be/E9CDpCzAtAk”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *