एन आई सी एशिया बैंकको एकैसाथ २ नयाँ शाखाहरुको उद्घाटन

काठमाडौँ, असार २६ । एन आइ सी एशिया बैँकले एकैसाथ दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैँकले डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा असार २५ गते एक भव्य समारोहकाबीच एकैसाथ नयाँ शाखाहरु विस्तार गरेको हो ।

डडेल्धुरा शाखाको उद्घाटन अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझाले गरेका हुन् भने दिपायल शाखाको उद्घाटन दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले गरेका हुन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१७७ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैँकका सूचना अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *