“नायिका स्वस्तिमा खड्काको प्रेमकथामा आधारित “”नाइ नभन्नु ल–५”” (ट्रेलरसहित)”

काठमाडौँ, असार २६ । चलचित्र “”नाइ नभन्नु ल ५”” को ट्रेलर सार्वजनिक भएको छ । ४ वटा सिक्वेल क्रमशः हिट भएसँगै बनेको नाइ न भन्नु ल को पाँचौ सिक्वेलको अफिसियल ट्रेलर एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

नेपाली चलचित्रमा यसरी लगातार पाँच वटा सिक्वेल बनेको पनि सायद नाइ न भन्नु ल ५ नै हो । यो चलचित्र भदौ ५ गते रिलिज हुने भएको छ ।

प्रेम कथामा आधारित चलचित्र नाइ न भन्नु ल को ट्रेलर सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्देशक विकास आचार्यले यो फिल्म अघिल्ला शृंखलाको तुलनामा अझै बढी सफल हुने दावी गरे भने लेखक तिमिल्सिनाले यो फिल्मलाई ११ शृंखलासम्म बनाउने तयारीमा आफूहरु रहेको जानकारी दिए।

विकास आचार्यद्वारा निर्देशित चलचित्रमा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा प्रमुखकताका साथ प्रस्तुत गरिएको छ भने प्रमुख कलाकारका भूमिकामा दिलिप रायमाझी, प्रियंका कार्की, निरुता सिंह, केकी अधिकारी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ रहेका छन् ।

चलचित्रमा वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन रहेको छ भने चलचित्रलाई हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल रहेका छन् ।

https://youtu.be/rauujlVEZPE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *