बसले साइकललाई ठक्कर दिँदा साइकल यात्री कार्कीको मृत्यु

विराटनगर, असार २६ । बुढीगङ्गा गाउँपालिकामा बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

सप्तरी फत्तेपुर नगरपालिका १ का कुशुमलाल शाहले चलाएको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो ।

बुढीगङ्गा गाउँपालिका–२ शान्तिचोकमा विराटनगरबाट फत्तेपुर जाँदै गरेको बा४ख ५००८ नं को बसले साइकललाई ठक्कर दिँदा ६५ वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय नीमुवाले जनाएको छ ।

प्रहरीका अनुसार सडकको छेउ किनाराबाट गुडिरहेको साइकललाई बसले ठक्कर दिँदा सो घटना घटेको हो ।

मृत्यु भएका साइकल यात्री कार्कीलाई कोशी अञ्चल अस्पताल लगिएको छ भने चालक र बसलाई मोरङको इलाका प्रहरी कार्यालय नीमुवाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *