ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर सल्लाघारीका सुवेदीको मृत्यु

काठमाडौँ, असार २६ । जडिबुटिमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

राजधानीको जडिबुटीमा ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा भक्तपुर सल्लाघारीका १७ वर्षीय रोयल सुवेदीको मृत्यु भएको हो भने घाइते हुनेमा माटरसाइकल चालका १७ वर्षीय अमन ढुंगेल रहेका छन् ।

भक्तपुरबाट कोटेश्वर आउँदै बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको र दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घाइते ढुंगोलको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =