देशभरी नै बदली, साँझ भारी वर्षा हुने
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौँ, असार २६ । आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ ।
असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, असार २७ र २८ गते पनि मुलुकभर मौसम बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।
मनसुनी वर्षा अझै मुलुकभर प्रभावकारी हुन नसकेको र यस वर्षाले तत्काल ठूला नदीमा बाढीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित