‘एनएनडिएसडब्लुओ’ मा दलित विद्यार्थी संघर्ष समितिद्वारा तालाबन्दी

काठमाडाैं, असार २६ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ NNDSWOमा तालबन्दी गरिएको छ । NNDSWOले काठमाडौं महानगरपािलका १५ विजेश्वरीमा सन्चालन भएको समाजविकास छात्रावास  कब्जा गरेको आरोपमा विभिन्न राजनीतिक दलआवद्ध संयुक्त दलित विद्यार्थी संघर्ष समितिले आज विहान NNDSWOमा तालाबन्दी गरेका हुन् ।


नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ NNDSWO ले सार्वजनिक जग्गा हडप्न खोजेको र बिजेश्वरी छात्राबास कब्जा गरेको आरोप लगाउदै संयुक्त दलित विद्यार्थी संघर्ष समितिले विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै आएको थियो ।

संयुक्त दलित विद्यार्थी संघर्ष समितिका संयोजक मदन भुल रोषनको अनुसार सामाजीक बहिष्करणमा परेका समुदायलाई मुलप्रवाहा सम्म ल्याउन सहयोग गर्नुको सट्टा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले आफ्नो मुल्य मान्यता र उद्देश्य विपरीत गएर विजेश्वरी दलित छात्रावास कब्जा गर्नु गलत भएको हुदाँ संयुक्त दलित विद्यार्थी संघर्ष समितिले तालाबन्दी लगाउन बाध्य भएको जनाएका छन् ।

उनले छात्राबासका वार्डेन राम नेपाली महानगरीय प्रहरी वृत स्वयम्भुले पक्राउ गरी केही समय हिरासत राखेर अमानविय व्यवहार गरेकोमा आपत्ती जनाउदै त्यसको क्षतिपुर्तीको माग गरेका छन् भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ प्रति खेद समेत व्यक्त गरे ।

बिजेश्वरी छात्राबास नेपाल सरकारको शिक्षा मन्त्रालय मातहत रहेर सन्चालन हुदै आएको छ । समाज विकास छात्राबासमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले आफ्नो नयाँ वार्डेन नियुक्त गरी पुराना वार्डेन राम नेपालीलाई प्रहरी लगाएर पक्राउ गरेको थियो । एनजिओले छात्रावास सञ्चालक समिति निर्माण गरी कब्जा गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *