नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि ८ बजे

काठमाडौँ, असार २६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको पार्टी केन्द्रीय सचिवालय बैठक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि सचिवालयको बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि बुधबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

नियमावलीमाथि भएको छलफललाई टुंगोमा पुर्‍याउन पुनः बैठक बस्ने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आन्तरिक तयारी र आज नेताहरु विभिन्न कार्यक्रममा व्यस्त हुने भएका बैठक स्थगित भएको उनले बताए ।

बैठकले बुधबार बिहानसम्म नियमावलीलाई टुंगो लगाइ सक्ने र पार्टी जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिने निर्णय पनि गरेको छ ।

गत शनिबार बसेको पार्टी सचिवालय बैठकले नेताद्धय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरी तीन दिनभित्र नियमावली परिमार्जनका लागि आवश्यक सुझाव तयार पार्ने कार्यादेश दिएको थियो । अपरान्ह बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने पार्टीले जनाएको छ ।

आजको बैठकमा कार्यदलले प्रतिवेदन सचिवालयमा पेश गरेको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार नियमावलीलाई भोली बिहानसम्म टुंगो लगाई जनवर्गिय संगठनको एकीकरणलाई तिब्र पार्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *