डा. केसीले उठाएका मागहरु जायज भएतापनि हुबहु सम्बोधन हुँदैन– सचेतक गुरुङ

भक्तपुर, असार २६ । नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्दे केसीले उठाएका मागहरु जायज भएतापनि मागका बारे डा .केसीले भने जस्तो हुबहु सम्बोधन नहुने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचेतक गुरुङले डा. गोविन्द केसीले उठाएका मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले डा. केसीको माग तथा शर्तलाई जनाताको सर्वोच्च निकाय संसदले सम्बोधन गर्ने बताएका हुन् ।

काठमाडौँ ल्याएर स्वास्थ्य उपचार गर्न सरकार तत्पर रहेता पनि चिकित्सा विधेकका बारे जुम्लामा अनसनरत गोविन्द केसीले नै नमानेको उनको भनाइ छ । उनले डा. केसीको स्वास्थ्यका बिषयमा सरकार पनि गम्भीर रहेको समेत बताए ।

जनताले बिरोध गर्ने अधिकार मौलिक हकम रहेता पनि विरोध गर्ने निश्चि स्थान तोक्नु सरकारको अधिकारको बिषय भएको उनको भनाइ थियो ।

निश्चित स्थान तोक्दैमा सरकालाई अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको भन्दै यो लोकतन्त्र अनुसार नै सरकारले नियर्ण गरेको बताए ।

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्विकृति बिना नै भएको देखिएको र विधिअनुरुप नभएकाले यस्तो अवस्था श्रृजना भएको उनले बताए ।

कोइरालाले पनि देशको कानुन भन्दा बाहिर गएर काम गर्न नमिल्ने भन्दै बिना स्विकृति बिना बिदेश भ्रमणमा जान लागेकाले रोक लगाएको उनले बताए ।

पेट्रोलिय पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनु पर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्इ बृद्धि नियन्त्रण गर्न कठिनाई हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *