विश्वकपको सट्टेबाजी खेलाउने ३ जना पक्राउ
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २६ । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ४ लाखको सट्टेबाजी लगाउँदै गरेको अवस्थामा काठमाडौँको ज्याठाबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र ३३ वर्षीय मुखिया गुरुङ छन् ।
उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








