छाता बोक्न अल्छी लाग्छ ? ‘उड्ने छाता’ तपाईंको रोजाइमा पर्न सक्छ

काठमाडाैं, असार २६ । जापानको एक आइटी कम्पनीले एउटा यस्तो छाता तयार गरेको छ जुन ड्रोनको मद्दतले उड्न सक्छ । सेन्सर राखिएकाले यो छाता व्यक्तिको वरिपरि नै घुमिरहन्छ ।

पाँच किलोको यो छाता अहिले पाँच मिनेटसम्म उड्न सक्छ । दुरसंचार प्रणाली विकसित गर्ने कम्पनी आशी पावरले यो नमूनामाथि निकै लामो समयदेखि काम गरिरहेको छ । कम्पनीले सन् २०२० मा हुने ओलम्पिक र प्यारालिम्पिक अघि यो छातालाई व्यवहारिक उपयोगमा ल्याउने लक्ष्य राखेको छ ।

कम्पनीका संस्थापक अध्यक्ष केन्जी सुजुकीले यस्तो प्रकारको छाता बनाउने योजना तीन वर्ष अघि बनाइएको जानकारी दिएका छन् । उनले भने, ‘म यस्तो छाता बनाउन चाहन्थें जुन दुबै हात व्यस्त हुँदा पनि प्रयोग गर्न सकियोस् ।’

अहिले समस्या पनि छः

सिभिल एयरोनोटिक्सको नियम अनुसार ड्रोन सार्वजनिक स्थानमा भएका व्यक्ति वा भवनबाट करिब तीस मिटरको दुरीमा हुनुपर्छ । सुरुवातमा यो उड्ने छाताको प्रयोग नीजि संस्थानमा गरिने अनुमान गरिएको छ । कम्पनीले यसलाई बनाउनका लागि यस्तो प्रविधिमाथि काम गरेको छ जसले प्रयोगकर्ताको पहिचान निकै सजिलै गर्न सकोस् ।

केन्जी सुजुकीका अनुसार यो नमूनामा अहिले समस्या पनि छन् । तौल धेरै भएकाले यो धेरै बेरसम्म उड्न सक्दैन । यदि व्यक्ति बिस्तारै हिँड्छन् भने यो ती व्यक्तिसँग आफै घुम्न सक्दैन । जालीले बनेका कारण अहिले नै यसले पानी थेग्न मुश्किल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *