पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, असार २६ । नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ४ बजे खसेको ठूलो पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

मंगलबार बिहान ५ बजे घुमाउने लगायतका स्थानमा पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको सडक पहिरो हटाएपछि ११ बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो । सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्यसैगरी, सोही सडकको टोपेखोला र जलबिरेमा पनि पहिरो खसेको थियो । पहिरो खसेका सबै ठाउँको पहिरो पन्छाएपछि सवारी पूर्णरुपमा सञ्चालनमा आएका छन् ।

पहिरोका कारण रोकिएका सवारी पहिरो पन्छाएर सञ्चालनमा आएपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँ ठाउँमा पहिरो खस्ने सम्भावना भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *