दाङमा पहिलोपटक ‘राइटपाथ’को शैक्षिक मेला 

दाङ, असार २६ । राइटपाथ करियर काउन्सेलिङले  दाङकाे तुलसीपुरमा एकदिने शैक्षिक मेला सफलतापूर्वक सम्पन्न गरेकाे छ । दाङमा पहिलोपटक भएको शैक्षिक मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकाे थियाे ।

शैक्षिक परामर्शदातृ संस्थाहरु शहरमुखी भइरहेको अवस्थामा मोफसलका विद्यार्थीलाई घरआँगनमै दक्ष तथा मान्यता प्राप्त काउन्सलरहरु द्वारा शैक्षिक परामर्श दिन राइटपाथले पहिलो पटक दाङमा शैक्षिक मेला आयोजना गरेको हो ।

हिजो भएको शैक्षिक मेलामा दाङ तुल्सीपुर लगायत क्षेत्रका करिब पाँच सय विद्यार्थीले ABROAD STUDY सुरक्षित भविष्य निर्माणका विषयमा राजधानीबाट गएका विज्ञ काउन्सलर तथा कलेजका प्रतिनिधिहरुबाट प्रत्यक्ष सल्लाह सुझाब लिन पाए ।

कक्षा १२ पास गरेपछि कहाँ कसरी कस्ता विषय पढ्ने भन्ने कुरामा अन्यौलता रहेकाे र  अरुको लहलहैमा उच्चशिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेकाे  कक्षा १२ को परिक्षा दिएर ब्याचलर कहाँ पढ्ने भन्ने अन्यौलता लिएर बसेकी  कविता थापाकाे भनाइ छ ।

आज फेयरमा आएर करियर डेभपलमेण्टका विषयमा जानकारी पाउँदा धेरै फाइदा भएकाे उनकाे भनाइ छ । कुन विषय कहाँ कसरी अध्ययन गर्ने छर्लङ्ग बुझेकाे उनि बताउछिन् ।

ABROAD STUDY का विषयमा जानकारी दिन गएका नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष तथा अष्ट्रेलियाको प्रतिष्ठित कलेज क्विन्सफोर्ड कलेजका नेपाल प्रतिनिधि प्रकाश पाण्डेले पनि दूर दराजमा रहेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको शैक्षिक मेलाले विद्यार्थीको करियर डेभलपमेण्टलाई धेरै फाइदापुग्ने बताए ।

‘परामर्शदातृ संस्थाहरु राजधानीमा मात्र केन्द्रित हुनुहुन्न, यसरी मोफसलका विद्यार्थीलाई पनि समेटेर उनीहरुको भविष्य निर्माणका लागि काम गर्न आवश्यक छ ।’ उनले भने ।

मेलाको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावतले गरेका थिए । रावतले राइटपाथले दाङमा शैक्षिक मेला आयोजना गरेर विद्यार्थीहरुलाई वैदेशिक अध्ययनको बारेमा थप जानकारी मिलेको बताए ।‘यस किसिमका संस्थाहरुले काठमाडौंमा मात्र नभई देशको अन्य भागमा पनि आफनो उपस्थिती जनाई सेवा बिस्तार गर्नु आवश्यक छ ।’ उनले भने ।


राइटपाथ करियर काउन्सेलिङका अध्यक्ष फिलिप डि.सि.ले विद्यार्थीको सुनौलो भविष्य निर्माणमा ABROAD STUDY काे भूमिका महत्वपूर्ण भएको भन्दै मोफसलमा रहेका विद्यार्थीलाई त्यसबारेमा विस्तृत जानकारी दिने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको बताए ।

‘विद्यार्थीलाई ABROAD STUDY का बारेमा जानकारी दिइ उनीहरुको भावी शैक्षिक यात्रालाई फलदायी बनाउन यो मेला सफल भएको महशुष गरेको छु ।’ उनले भने । चितवनबाट सुरु भएको शैक्षिक मेलामा विद्यार्थीले एउटै छानामुनि प्रत्यक्ष रुपमा धेरै कलेज तथा युनिभर्सिटिका प्रतिनिधीहरुबाट प्रत्यक्ष रुपमा जानकारी लिएका थिए ।

शैक्षिक मेलामा उपस्थित विद्यार्थी तथा अभिभावकलाई अस्ट्रेलियन, क्यानेडियन, बेलायत, भारतलगायतका १० वटा कलेजको विषयमा परामर्श दिइएको थियो । मेलामा विद्यार्थीहरुले विदेश जाँदा अपनाउनुपर्ने सावधानी, भिसा प्रक्रिया, लागत, कानुनी प्रावधान, भाषिक समस्या लगायतका विषयमा कलेजका नेपाल प्रतिनिधिहरुले जानकारी गराएकाथिए ।

मेलामा अस्ट्रेलियाको क्विन्सफोर्ड कलेज र भाइव कलेजका नेपाल प्रतिनिधि प्रका शपाण्डे, हार्बन इन्टरनेशन लकलेजका मुकेश धमला, जोई कलेजका असीम मैनाली, सेन्चुरियन कलेजका प्रतिनिधि सुनिल रेग्मी,  र्याम्सफोर्ड कलेजका दीपक गुरुङ लगायतले परामर्श दिएका थिए ।


कार्यक्रममा एक हजार भन्दाबढी विद्यार्थीहरुले शैक्षिक परामर्श लिएका थिए । शैक्षिक मेलामा उत्साहजनक सहभागिता जनाएका बिद्यार्थी तथा अभिभावकहरुले आफुहरु बैदेशिक शिक्षाको लागि गृह जिल्लाभन्दा बाहिर जानुपर्ने समस्या भईरहेको परिप्रेक्षमा राइटपाथले दाङको तुलसीपुरमा छिट्टै शाखाबिस्तार गर्ने उद्घोष गरेसँगै सहजता हुनेमा बिश्वस्त हुदै खुशीप्रकट गरे ।

कार्यक्रममा यातायात व्यवसायी सुरेश हमाल, रोटरी क्लबका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, युवा संघ तुलसीपुरका सचिव बिनील केसी, पत्रकार खेम रिजाल, युवा संघ तुलसीपुरका पूर्वअध्यक्ष बिमल रिजाल लगायत मानवअधिकार प्रतिष्ठान दाङका सह सचिब गोरख वलिले शुभकामना मन्तब्य राखेका थिए ।

शैक्षिक मेलामा राखिएको स्पेशल गिफटह्याम्पर लाभा स्मार्ट मोबाईल फोन Luck Draw मार्फत बिद्यार्थी चेतना बस्नेतले प्राप्त गरेकी थिइन् ।

यसअघि भरतपुरमा राइटपाथले शैक्षिक मेला गरेको थियो । राइटपाथको नारायणगढको लायन्सचोक तथा तुलसिपुरको (ग) लाईनमा अबको केहि साताभित्र शाखाबिस्तार गरिसक्ने सीईओ फिलिप डिसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =