चितवन राष्ट्रिय निकुञ्जबाट विभिन्न देशमा २६ गैँडा उपहार पठाइयो

काठमाडौं, असार २६ । चितवन राष्ट्रिय निकुञ्जबाट विभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । अमेरिकामा छ, भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार निकुञ्जको तथ्यांक हेर्दा पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि पुनःअहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो ।

यो सँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन् । यस अघि गैँडा पठाएर भारत, म्यान्मा र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिनुभयो ।  विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको उहाँले बताउनुभयो । यसबाट वंश विस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *