पत्रकार उपचार कोषलाई रु ५१ हजार

झापा, ८ साउन । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले आज रु ५१ हजार १११ प्रदान गरेको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईंले कोषका संयोजक एवम् महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

महासंघ झापाले रु एक करोडको कोष बनाई झापाका पत्रकारको उपचारमा त्यसको ब्याजबाट सहयोग पु¥याउने गरी अभियान सञ्चालन गरेको छ । कोषमा अहिले रु २८ लाख जुटिसकेको कोषका सहसचिव केशव भट्टराईले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *