संघ र प्रदेशको बेवास्ताको शिकार स्थानीय तह !

काठमाडाैं, असार २६ । संघ, प्रदेशले समन्वय नगर्दा स्थानीय तह सञ्चालनमा निकै कठिनाइ रहेको पाइएको छ । संघ, प्रदेश र स्थानीय तहबीच परस्पर समन्वय, सहअस्तित्व र सहकारिता रहने भनेर संविधानमा उल्लेख गरिए पनि व्यवहारमा त्यस्तो नभएको जनप्रतिनिधिको अनुभव रहेको छ । विशेषतः ऐन, कानुन निर्माण, कर्मचारी समायोजन र अनुदान वितरणमा खासै समन्वय नभएको उनीहरुको गुनासो छ ।

देशभरका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखले यस्तो गुनासो गर्दै आएको सन्दर्भमा सोमबार भएको ललितपुर महानगरपालिकाको दोस्रो नगरसभा पनि यस्तै गुनासो संघ र प्रदेशका सभा सदस्यलाई सुनाइएको थियो ।

‘कार्यपालिकाले एक वर्षको कार्यकाल पूरा गरे पनि अपेक्षाअनुरुप काम गर्न सकेन्’ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरसभामा भन्नुभयो । महानगरपालिकालाई समृृद्ध बनाउन चाहे पनि काम गर्न अनेक चुनौती छन् । स्थानीय सरकारले कानून बनाउँदा संघीय र प्रदेश कानुनसँग नबाझिने गरी बनाउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *