विश्वकप फुटबल: आजदेखि सेमिफाईनलका खेल सुरु, फ्रान्स र बेल्जियम भिड्ने

काठमाडाैं, असार २६ । रुसी विश्वकप फुटबलमा आज सेमिफाईनलको खेल सुरु हुदैछ । पहिलो सेमिफाईनलमा युरोपका दुई महारथी फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुदैछ ।  सेन्ट पिटरवर्गस्थित क्रिस्टोवस्की रंगशालमा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

दुवै टोली समुह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका थिए । फ्रान्स समुह सी र बेल्जियम समुह जीको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । प्रतियोगितामा दुवै टोली अपराजित छन् ।

नकआउट चरणमा फ्रान्सले अर्जेन्टिना र बेल्जियमले जापानलाई पराजित गरेको थियो । क्वार्टरफाईनलमा फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई हराउदै अन्तिम ४ को यात्रा तय गरेका थिए ।

युवा खेलाडीले भरिएका दुवै टोलीमा युरोपेली क्लब फुटबलका उत्कृष्ट खेलाडीको समिश्रण छ । फ्रान्समा एन्टोनी ग्रिजम्यान, केलियन एम्बाप्पे, पाउल पोग्बा जस्ता खेलाडी रहेका छन् भने बेल्जियममा इडेन हजार्ड, रोमेलु लुकाकु र केभिन डि ब्रोयन जस्ता खेलाडी समावेश छन् ।

यसअघि, फ्रान्सले तीन ठुलो प्रतियोगितामा बेल्जियमलाई हराएको छ । जसमा दुई पटक विश्वकप खेलमा रहेको छ । फ्रान्सले १९३८ मा विश्वकपको पहिलो चरणमा बेलिजयमलाई ३–१ ले हराएको थियो ।

सन् १९८६ मा तेस्रो स्थानकालागि भएको प्लेअफमा फ्रान्सले अतिरिक्त समयमा ४–२ को जित निकालेको थियो । सन् १९८४ को युरोकपको समुह चरणमा फ्रान्सले बेल्जियमलाई ५–० ले पाखा लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *