धरानको फिटनेश क्लबमा महिलाको आकर्षण बढदै

धरान, असार २५ । पुर्व मिस कोशी १९९८ तथा मिस नेपाल टप ५ कि बिजेता धरान फिटनेश क्लबकी अध्यक्ष कृति श्रेष्ठले बिगत लामो समयदेखि फिटनेश हेल्थ क्लब धाउदै सुनसरीको धरानमा धरान फिटनेश क्लब नै चलाएकी छिन ।

उनको पारिवारीक माहोल नै फिटनेश प्रति उत्तरदयि बन्न पुगेको छ । २०५८ साल देखि नियमित व्यायाम सुरु गरेकी श्रेष्ठ आफना पढाईको क्रममा अस्टेलिया गएपछि करिब ५ बर्ष फिटनेश छोडेका थिए ।

पछि पुन २०७२ सालमा पढाई सकेर फर्केपछि अहिले उनी धरान १५ र धरान १२ अमान बजारस्थित दुई स्थानमा दुईवटा फिटनेस सेन्टरको रुपमा कार्यालय खोली नियमित ब्यायाम गर्ने, गराउने गरिरहेकी छिन् ।

‘आफनो स्वास्थ्यको ख्याल राख्नै पर्छ’ उनी भन्छिन–‘पहिलेदेखि नै हेल्थ क्बलमा ब्यायाम गरिरहेको छु, बिचमा केही कारणले छाडेपनि अहिले नियमित छु ।’

सबैले आफनो स्वास्थ्यमा ध्यान दिनु पर्ने बताउने श्रेष्ठले आफु मात्र नभइ आफना बुबा तथा धरान वडा न. २ का वडा अध्यक्ष माधब गोबिन्द श्रेष्ठ तथा आफना श्रीमान लाई समेत संगै जीम लैजाने समेत गरेकी छिन् ।

पुरुष मात्र नभइ महिलाले पनि स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ भन्ने मान्यता बोकेका उनले सबैलाई फिटनेशको बारेमा ज्ञान हुने तर्क गर्छिन ।

पछिल्लो समय युवापुस्तामा मात्र नभइ किशोर किशोरीहरुमा समेत यसप्रति आकर्षण बढेको सबैभन्दा पहिलो फिटनेशका बारेमा धारणा ल्याउने फिटनेश क्षेत्रकै अन्र्तराष्ट्रिय जज समेत भईसकेका राज भगत प्रधाना¨ बताउछन् ।

केही वर्ष यता धरानमा थुपै फिटनेश हेल्थ क्लबहरु समेत सञ्चालन भइरहेका छन् । पछिल्लो एक दशकमा फिटनेश हेल्थको क्षेत्रले ठुलै फड्को मारेको छ ।

१५ वर्षअघि फिटनेश हेल्थ क्लब धाउन पुरुषहरु समेत हिचकिचाउने गरेकोमा यतीबेला सबैको आवश्यकता नै बन्दै गएको नियमित रुपमा फिटनेश क्लब गई जुम्बा एरोबिक जस्ता अभ्यास गर्ने वुमन वर्थ गु्रपका सदस्य रोजि ताम्रकारको भनाई छ ।

करिब ८/१० वर्ष अघि महिलाहरु ज्यादै न्युन मात्रामा हेल्थ क्लबमा आउने गरे पनि अहिले अधिकांश महिला खुलेर आउने गरेको धरान फिटनेश सेन्टरकी प्रशिक्षक बबिता मगर बताउछिन् ।

८÷१० वर्षअघि अलिअलि महिलाहरु यो क्षेत्रमा आउने गर्थे त्यो पनि लजाउने बढी गर्थे’ मगर भन्छीन ‘तर यतीबेला धेरे महिलाहरुले पनि आफनो स्वास्थ्यको ख्याल राख्दै खुलेर आउने गरेका छन् ।’

बर्षाै अघि सञ्चालनमा रहेको हेल्थ सेन्टरहरुमा पनि उत्तीकै मात्रामा युवाहरु धाउने गर्दछन् । कम शुल्कमा गुणस्तरीय सेवा दिइरहेको र अन्तराष्ट्रिय स्तरका सामानहरुको समेत प्रयोग गर्ने गरेको धरानका अधिकांश फिटनेस सेन्टर संञ्चालकहरु बताउछन ।

‘पहिलेको तुलनामा पछिल्लो समय महिलाहरुमा आफनो स्वास्थ्य सन्तुलित राख्न र विभिन्न रोगबाट बँच्नुपर्छ भन्ने सोचको विकास हुन थाले पछि यतीबेला महिला तथा पुरुष दुबै क्षेत्रका ब्यक्तित्वहरुलाई घरपरिवारको पनि साथ छ ।’

पैसा भन्दा पनि स्वास्थ्य नै ठुलो कुरा हो भन्ने मान्यताका साथ क्लबले काम गरिरहेको धरान फिटनेस सेन्टरकी संञ्चालिका कृति श्रेष्ठको भनाई छ । उहाँका अनुसार आफना स्वास्थ्यप्रति सजग रहने महानुभावहरुको लागी दोश्रो फिटनेश सेन्टरको रुपमा समेत धरान १२ स्थित अमान बजार परिसरमा १० लाखको लागतमा खोलिएको हो । जसको उद्धघाटन धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले सोमबार गरेकी छिन् ।

जहाँ महिलाहरुलाई एरोबिक जुम्बा लगायतका व्यायाम गराउनका लागि महिला प्रशिक्षकको नै व्यवस्था समेत गरेको छ । अहिले त्यहाँ महिला र पुरुष दुबै क्षेत्रका प्रशिक्षक रहेको सो सेन्टरमा आनन्दपुर्ण तरिकाले व्यायम गर्ने वातावरण रहेको सेन्टरकी सञ्चालीका श्रेष्ठको भनाई छ ।

हरेक क्षेत्रमा आकर्षक, सुगठित र स्वास्थ्य शरीर आवश्यक छ भन्ने भावनाको विकाससंगै महिलाहरुको यस क्षेत्रमा आकर्षण समेत बढ्दै गएको छ जसका लागी पछिल्लो समय फिटनेस क्लबहरुले महिलाहरुका लागि छुट्टै अन्तराष्ट्रिय स्तरका व्यायामका सामानहरु ल्याएका कारण पनि महिलाहरु बढ्दै गएको पाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *