कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले १० जनालाई पदमुक्त गर्यो (नामसहित)

काठमाडौँ,असार २५ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले १० जनालाई पदमुक्त गरेको जानकारी दिएको छ । मन्त्री परिषद्को गत २० गतेको निर्णय अनुसार कृषि विकास तर्फ ५ र पशुपक्षि तर्फ ५ जना पदमुक्त भएका हुन् । उनीहरु निर्वाचन आचारसंहिता लागु भएपछि देउवा सरकारले नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो मन्त्रालयमा रहेका त्यस्ता कर्मचारीलाई पदमुक्त गरी जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिएको थियो ।

केपी ओली सरकारले नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कोष, समिति, कम्पनी, बैंक वा अन्य संगठित संस्था आदिजस्ता संस्थामा नेपाल सरकार (मन्त्रिपरिषद्) र मन्त्रीस्तरबाट भएका सवै किसिमका राजनीतिक नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय गरेको थियो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पदमुक्त गरेका कर्मचारी यी हुन् : 

कृषि विकास तर्फ

सि.नं.नामथरठेगानापदनियुक्त भएको निकायनिर्णय मितिनिर्णय गर्ने निकायर/स्तर
१.मनोजमणि आचार्यरोल्पासदस्यराष्ट्रिय चिया तथा कफी विकास बोर्ड२०७४।११।०२विभागीय मन्त्रीस्तर
२.भागवतप्रसाद यादवरायपुर–६, सप्तरीसदस्यकृषि सामग्री कम्पनी लिमिटेड२०७४।१०।२८विभागीय मन्त्रीस्तर
३.सुनिल तिमल्सिनाडुमरिया–२, रौतहटसदस्यराष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड२०७४।१०।२८विभागीय मन्त्रीस्तर
४.राजनप्रसाद न्यौपानेओखरपौवा–९, नुवाकोटसदस्यकालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति२०७४।०६।०४विभागीय मन्त्रीस्तर
५.रामआषिश महतोबटेश्वर–२, धनुषासदस्यनेपाल उखु तथा चिनी विकास समिति२०७४।११।०२विभागीय मन्त्रीस्तर

पशुपन्छी तर्फ

सि.नं.नामथरठेगानापदनियुक्त भएको निकायनिर्णय मितिनिर्णय गर्ने निकायर/स्तर
१.निर्मल ज्ञवालीगोरखासदस्यराष्ट्रिय दुग्ध विकास बोर्ड२०७४/६/३०विभागीय मन्त्रीस्तर
२.राजेन्द्रराज पन्तगोरखासदस्यराष्ट्रिय दुग्ध विकास बोर्ड२०७४/६/३०विभागीय मन्त्रीस्तर
३.रतन गुरुङपोखरा, कास्कीसदस्यराष्ट्रिय दुग्ध विकास बोर्ड२०७४/६/३०विभागीय मन्त्रीस्तर
४.शिवकुमार थारुबर्दियासदस्यराष्ट्रिय दुग्ध विकास बोर्ड२०७४/६/३०विभागीय मन्त्रीस्तर
५.रामकुमार खड्कादोलखासदस्यराष्ट्रिय दुग्ध विकास बोर्ड२०७४/६/३०विभागीय मन्त्रीस्तर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =