मदन पुरस्कारका लागि आठ पुस्तक छनोट

काठमाडौँ, असार २५ । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिए ।

समितिले आफूलाई प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्षदेखि छनोटमा परेका पुस्तकको सूची दिन थालेको हो ।

छनोटमा परेकामा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’को ‘हिमाली दर्शन’ छन् ।

ती पुस्तकबाट नै एक पुस्तकलाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *