बराह कृषी, उपज तथा पशुपालन प्रालि परियोजना स्थल (फोटोफिचर)

सुनसरी । ब्यवसायिक सफलतासंगै सामाजिक क्षेत्रमा काम गर्दै आएका बराह डिपार्टमेन्ट स्टोरले मोरङको ग्रामथान ५ तेतरीयामा बराह कृषी, उपज तथा पशुपालन प्रालि परियोजना स्थलको सोमबार उद्धघाटन गरिएको छ ।

कृषि, पशु, वन, उद्योग, व्यापार, पर्यटन विकासको परिकल्पना, व्यावसायीकरण द्वारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना गर्ने उदेश्यले सो प्रालिको उद्घाटन १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरे ।

करिब ५ बिघा क्षेत्रफलमा रहेको सो परियोजनामा कृषि खेतीका साथै माछा, कुखुरा, गाई तथा उन्नत जातका घासको उत्पादनहरुलाई प्राथमिकता दिईएको बराहका धरान शाखा अध्यक्ष मान बहादुर दियालीले जानकारी दिए ।

सोही अबसरमा आजै धान रोपाईको समेत कार्यक्रम गरिएको छ । जहा प्रदेश नं १ का सासंदहरु,पत्रकार लगायतका सयौंको संख्यामा उपस्थित रहेका सर्बसाधारणले धान रोपेका थिए ।

कार्यक्रममा कृषि क्षेत्रको बिकासका लागि प्रदेश सरकारले हरेक किसिमले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री राईले कृषी मार्फत स्थानिय स्तरमा नै स्वरोजगारीको अवसर सिर्जना गर्दै देश विकासको लागि पहल गर्ने र उत्पादनलाई व्यावसायीकरण गर्दै उद्योगको विकास गरी निर्यात बढाउन पहल गरिने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =