गंगामाया अधिकारीको अवस्था चिन्ताजनक, अनशन आजै तोडाउने प्रयास

काठमाडौँ, असार २५ । छोराको हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोडाउने प्रयास भइरहेको छ ।

छोराका हत्या अभियुक्त छविलाल पौडेललाई पुर्पक्षका लागि जेल चलान गरिएपछि जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास सुरु भएको हो । अभियुक्त पौडेललाई भने अदालतमा हाजिर भए लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ ।

गंगामायाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका थिए । त्यही क्रममा पौडेलले अदालतसामु आत्मसमर्पण गरेका हुन् । यसअघि अनशनकै क्रममा कृष्णप्रसादका पीता नन्दप्रसादको निधन भएको थियो ।

मानवअधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतको पहलमा अनशन तोडाउने प्रयास भइरहेको एक मन्त्रीले बताए ।

छोराको हत्यारालाई कारबाहीको माग सहित अनसनरत गंगामाया अधिकारीको अवस्था चिन्ताजनक रहेको छ । अनसनरत अधिकारीको अहिले आईसियुमा राखेर उपचार भइरहेको छ ।

हत्याका मुख्य आरोपीत छबिलाल पौडेलले अदालत समक्ष आत्मसर्पण गरे पनि गंगामायाको अनसन जारी नै छ । अदालतको फैसला र कार्यान्वयनको लिखीत प्रतिबद्धता पछि मात्र अनशनबारे निर्णय लिने बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले बताए ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए ।

अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छपौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारवाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएकी हुन् । सरकारले न्यायिक प्रक्रियामा उदासिनता देखाएको उनको भनाइ छ ।

हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य बेलायतमा छन् । उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ ।छविलाल जस्तै रेडक्रनर सुचीमा रहेका रुद्र आचार्यलाई पक्राउ गरि नेपाल ल्याउने कार्य सरकारले गर्नुपर्ने त्रिपाठीले बताए ।

अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकाले समस्या समाधानका लागि तत्काल सरकारले पहल थाल्नुपर्ने उनको भनाइ छ ।

२०६२ साल जेठ २४ गते छोरा कृष्ण अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए । छोराको हत्यारालाई कारबाही गर्न जाहेरी दिदा पनि सरकारले कारबाही नगरेको अधिकारीको आरोप छ । अनसनकै क्रममा गंगामायाका पति नन्द प्रसाद अधिकारीको ०७३ सालमा निधन भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *