हुलाकी सडकखण्ड निर्माणमा लापरबाहीप्रति स्थानीयको आक्रोश
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
बर्दिया, असार २५ । गुलरिया र मधुवन नगरपालिकालाई जोड्ने हुलाकी सडक खण्ड निर्माणको जिम्मा पप्पु कम्पनीले पाएकोमा कम्पनीले सो खण्डको निर्माणमा चरम लापरवाही गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।
पप्पु कम्पनीले पूर्व–पश्चिम राजमार्ग जोड्ने जब्दी घाटको पुल चर्को विरोधका बीच रु १६ करोड लागतमा निर्माण गरेको जब्दी घाटको पुल एक वर्ष पनि टिकेन । जब्दी घाटको पुल उद्घाटन नहुँदै भत्किएको थियो । भत्किएको पुल केन्द्रीय तहले अनुसन्धान गरिरहेको छ ।
तर, हुलाकी सडकअन्तर्गत ढोढरी र भुरीगाउँ सडकखण्डको निर्माणमा भने उनीहरुले चित्त बुझाएका छन् । “राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,” सांसद तिलक शर्मा ‘हिमाल’ले भने । कसैले यही सडकखण्ड राम्रोसँग बनाउने, कसैले मनपर्दी गर्न पाइन्छ ? उनले प्रश्न गरे ।
चर्को गर्मी बढेसँगै अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको नेपाल–भारतको सीमा मुर्तिहादेखि राजापुरसम्मको यात्रा कष्टकर बनेको छ । उता अनुपयुक्त डाइभर्सनको संरचनाका कारण हुलाकी सडकमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यतिबेला हुलाकी सडककै कारण सास्ती खेप्न बाध्य रहेको स्थानीयवासीले गुनासो गरिरहेका छन् ।
सडक हिलाम्मे हुँदा आवतजावतमा असर पर्दा सर्वसाधारण मर्कामा परेको उनीहरुको गुनासो छ । हिलाम्मे सडकका कारण गुलरिया, मधुवन र राजापुरको व्यवसाय चौपट छ । बजार क्षेत्रमा हिलो हटाउन पटकपटक आग्रह गरेको भए पनि सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । हिलाम्मे सडक खण्डमा ठेकेदारलाई ढुङ्गा हाल्न लगाएर सडक सञ्चालन गर्नुपरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
निर्माण सामग्री संकलनको काम भइरहेको र हुलाकी सडक निर्माणले तीव्रता नपाएको ठेकेदार कम्पनीका साइट इन्चार्ज सूर्य गुरुङले बताए ।
रासस“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)