“””देशलाई गुणस्तरीय चिकित्सा शिक्षाको हब बनाउँछु, दबाबमा सरकार ब्याक हुँदैन””– प्रधानमन्त्री”

काठमाडौं, असार २५ । प्रधानमन्त्री ओलीले आफ्नो अडान नछोड्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसन वा आन्दोलनको चेतावनीका भरमा आफू नथर्किने भन्दै जुम्लामा अनशन बसेका भरमा सरकार ब्याक नहुने अडान लिएका हुन् ।

प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीलाई खाना खुवाएर काठमाडौँ ल्याउन चिकित्सकहरुलाई आग्रह समेत गरेका छन् । जुम्लामा अनशनरत वरिष्ठ डाक्टर गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि ध्यानाकर्षण गराउन आइतबार साँझ बालुवाटार पुगेका चिकित्सक संघको टोलीसमक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

चिकित्सक संघसमक्ष छलफलका क्रममा प्रधानमन्त्री ओलीले, “”तपाईंहरुले अस्पताल बन्द गर्छु भनेर चेतावनी दिएको भरमा डराउँदैनौँ । अस्पतालको सेवा तपाईंहरुले बन्द गर्न पाउनु हुँदैन । कानुनले पनि बन्द गर्न दिँदैन । सरकार त्यसको सामना गर्न तयार छ । कानुन अनुसार अगाडि बढ्छ । म १४ वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ । त्यसकारण अहिले पनि झुक्दिनँ ।”” भनेको संघका टोलीमा सहभागी एक सदस्यले भने ।

“”एक जना व्यक्ति अनसन बसेर यो कलेजलाई सम्बन्धन दे, यो कलेजलाई नदे भनेको भरमा सरकार पछि हट्दैन । देशलाई गुणस्तरीय चिकित्सा शिक्षाको हब बनाउँछु, गुणस्तरका लागि यसो गर्नुस् भने सुन्छु तर सम्बन्धन नदे भनेर सरकार रोकिन्न । एउटा व्यक्तिको दबाबमा सरकार ब्याक हुँदैन ।”” छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन् ।

“”एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन हुन्न र काठमाडौंमा अब सम्बन्धन दिन हुन्न भन्ने कुरा तर्कसंगत छैन । बंगलादेश र चीनमा नेपालमा भन्दा पनि कमसल कलेजमा नेपाली पढ्न गएका छन्। मेडिकल शिक्षाको गुणस्तर नहुँदा पनि विद्यार्थी बाहिर गइरहा छन्। नेपाललाई मेडिकल शिक्षाको हब पो बनाउनुपर्छ । काठमाडौंमा दिनु हुँदैन भन्ने के आधार छ ?””

साथै प्रम ओलीले माइतीघरलाई निषेधित क्षेत्र बनाउने कुरामा पनि अडान लिएको छलफलमा सहभागी सदस्यले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *