कामदार ठगिँदा सरकार तमासे बनेर बस्न मिल्दैन: श्रममन्त्री विष्ट

काठमाडौँ, असार २५ । कामदारलाई अतिरिक्त शुल्क तिराएर वैदेशिक रोजगारीमा पठाउने कार्य रोकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

मलेसिया जाने कामदारबाट विभिन्न नाममा रकम उठाइरहेका संस्थामाथिको कारबाही पनि कामदारकै हितका लागि गरिएको मन्त्री विष्टले बताए ।

यी संस्थाले कामदार ठगी गरिरहेकाले सरकार तमासे बनेर बस्न नसकेको र त्यसतालाई कारबाही गर्न कानून अनुसार कदम चाल्नुु सरकारको न्युनतम दायीत्व भएको विष्टको भनाई छ ।

राष्ट्रिय सभामा सोमबार जवाफ दिँदै मन्त्री विष्टले म्यानपावरको संस्थागत विकासका लागि पनि मापदण्ड बन्दै गरेको बताएका छन् । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नीति निर्माण भैरहेको मन्त्री विष्टले बताए ।

सभामा मन्त्री विष्टले भने, ‘अब वैदेशिक रोजगारको क्षेत्रमा विकृतिको राज रहँदैन, सहज हिसाबले वैदेशिक रोजगारीमा जाने वातावरण सरकारले मिलाउँछ, वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेसम्म सुुरक्षित बनाउनु हाम्रो कर्तव्य हो ।’

वैदेशिक रोवगारीमा जानेलाई सिप लातिम अनिवार्य गरिने पनि मन्त्री विष्टले बताए । यसका लागि केन्द्रमा सिमित व्यवस्थालाई प्रदेश र स्थानीय तहमा पुु¥याउने उनको भनाई छ ।

केहि समयपछि अनिवार्य गरिने सिप तालिम ७५३ वटै स्थानीय तहबाट लिन सकिने मन्त्री विष्टले दावी गरे । देशभित्रै रोजगारीमा आकर्षण गर्न कामदारको न्युनतम तलव बढाउन लागिएको समेत विष्टले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =