राष्ट्रिय सभामा आज, यस्ता छन् छलफलका विषय

काठमाडौँ, असार २५ । राष्ट्रिय सभामा आज सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । मन्त्रीहरुको जवाफका लागि विहान ११ बजे देखि बैठक बस्ने तय भएको छ ।

सम्बोधन गर्ने संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाबाट आज आगामी आर्थिक बर्षको बजेट पारित हुने भएको हो । सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिए लगत्तै बजेट पनि आजै पारित हुने भएको हो ।

जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको बजेट तथा कार्यक्रमका बारेमा स्पष्ट पार्ने भएका छन् । प्रधानमन्त्रीले सम्भवतः दिउसो साढे चार बजे राष्ट्रिय सभामा सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भन्दा पहिले जवाफ दिन बाँकी अन्य मन्त्रालयका मन्त्रीहरुले पनि आजै जवाफ दिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *