धर्म प्रचार गरेको आरोपमा फिलिपिनीलाई देश निकाला !
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असार २५ । गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञा बिजनेस भिसाको आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन डिपोर्ट गरेको छ।
व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमनलाई छानबिन गर्न निर्देशन दिएको थियो ।
निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रिता गोङ्गा रहेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
इसाइ धर्म प्रचारमा संलग्न भएका आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवतः पहिलो घटना हो ।
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले भिसा दुरुपयोग गर्ने जो कोहिमाथि कारवाही हुने बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








