आइतबार अपरान्ह्सम्म गुफामा फसेका छ बालकको सकुशल उद्धार

थाइल्याण्ड, असार २५ । थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् ।

शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए । त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर आउन सफल भएका थिए ।

उनीहरू सबैलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

छ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले बताए ।

बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *