कलाकार तथा निर्देशक महर्जन ओ.एस.नेपाल अवार्ड बाट सम्मानित

काठमाडाैं, अषाढ २४ । करीब दुई दशक भन्दा बढी समयदेखी कलाकारीता तथा निर्देशन क्षेत्रमा कृयाशिल कलाकार तथा निर्देशक अमृत महर्जनले हालै दोश्रो ओ.एस.नेपाल अवार्डबाट सम्मानित भएका छन ।

लामो समय देखि दर्जनौ टेलिचलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री, नेवारी चलचित्रमा अभिनय तथा निर्देशन गरि नेपाली कला क्षेत्रमा प्रतिनिधित्व गर्दै आईरहेका छन अमृतले ।

आजको दोश्रो ओ.एस.नेपाल अवार्डको नेपाल भाषा भिडियो निर्देशकको उपाधी अमृत मान महर्जनले पाएका छन् । दोश्रो ओ. एस. नेपाल म्युजिक अवार्ड उत्कृष्ट नेपाल भाषा भिडियो निर्देशकको उपाधी अमृत मान महर्जनले पाएका हुन् ।

राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा विभिन्न विधामा मनोनयन गरिएको थियो । पाँच वटा नेपाल भाषाको भिडियो मध्य पलख आसे बाट महर्जनले उत्कृष्ट भिडियो निर्देशकको उपाधी पाउन सफल भएका थिए ।

बिधाबाट ज्युरी मेम्बरबाट अवार्ड हात पार्दै आफु दर्शकको माया तथा प्रोत्साहन र परिवारको सपोर्ट, सम्पूर्ण साथीभाई सपोर्ट, मिडियाकर्मीको सहयोग पाएको उनले बताए ।
उनले निर्देशन गरेका टेलिचलचित्र,डर,नाता जिन्दगीको, उलचया वाखँ ठुलिचा, जस्ता दर्जनौ टेलिचलचित्र दर्शकले मनपराई सकेका छन ।

उनको हालै निर्देशन गरेको ठुलो पर्दाको चलचित्र कृमिन्ल छायांकनको क्रममा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *