बाँझगरा युथ क्लबद्धारा भलिबल प्रतियोगीताको आय ब्यय सार्बजनिक

धरान, असार २४ । बाँझगरा युवा क्लब धरान १५ ले गत असार १४ देखी १६ गते सम्ममा सम्पन्न गरेको पुरुष तथा महिला भलिबल प्रतियोगीताको आय–व्यय सार्वजनिक गरेको छ ।

क्लबले सार्वजनिक गरेका आर्थिक विवरण अनुसार खर्च कटाएर ६९ हजार ८ सय ७८ रुपैया रकम बचत गर्न सफल भएको जनाइएको छ ।

कार्यक्रममा विभिन्न माध्यमबाट प्राप्त जम्मा रकम ३ लाख ६ हजार ६रुपैया आय रहेको छ भने विभिन्न शिर्षकमा जम्मा रकम २ लाख ३६ हजार ७ सय २२ रुपैया खर्च भएको आईतबार धरानमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

सम्पुर्ण आय रकमबाट खर्च कटाएर बाँकी रहेको जम्मा बचत मौजुदा ६९ हजार ८ सय ७८ रुपैया बचत रहेको क्लबका अध्यक्ष देवराज राईले जानकारी दिएका छन् ।

क्लबले हरेक बर्ष संचालन गर्दै आएको बाँझगरा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगीतालाई थप व्यवस्थीत गर्न सो रकम खर्च गरिने र अगामी बचतलाई आगामी दिनमा क्लब मार्फत पुन ः व्यवस्थीत गरी प्रदेशस्तरीय प्रतियोगीता सञ्चालन गरिने समेत योजना रहेको राईले बताए ।

यसैबीच सोही कार्यक्रममा देखाईएको आय व्यायको विस्तृत विवरण निम्न अनुसार रहेको छ –

आय तर्फ

धरान उपमहानगरपालिका बाट नगद ३०,०००

वडा कार्यालय धरान १५ बाट नगद २०,०००

वडा कार्यालय धरान ८ बाट नगद १०,०००

वडा कार्यालय धरान १ बाट नगद ८,०००

बिभिन्न संघसंस्थाहरुबाट नगद ७१,५००

बिभिन्न ब्यक्तिहरुबाट नगद १६७१०० प्राप्त भएको छ भने

त्यस्तै खर्च तर्फ

युनिफर्म र युनिफर्म छपाईमा १७,८००

टीम र निर्णायकहरुलाइृ बाटो खर्चमा १४,०००

फेलेक्स बोर्डमा ३,१००

खेल मैदान मर्मत तथा सरसफाईमा ६,८१०

आवश्यक खेलकुदका सामग्रीहरुमा १४,०४५

प्रपोजल,पत्र,छपाईमा २,७५०

फस्ट एडका सामानहरुमा ४७०

साउण्ड सिस्टमलाई ९,०००, टेन्टलाई ५,०००, खाना,नास्तामा २०,४९०

र पेट्रोल खर्चमा ६,०००२

त्यस्तै बैंक खातामा रहेको रकम ४३,०००, अध्यक्ष देवराज राईले दिनु बाँकी रकम २०,०००,लिला श्रेष्ठले दिनुपर्ने बाँकी रकम ६,८७८ समेत गरि कुल रकम क्लबको खातामा ६९,८७८ रुपैयाँ रहेको जनाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *