अबैध भारतीय नोट र हुण्डी  कारोबारमा संलग्न २ जना पक्राउ

वीरगञ्ज, असार २४ । अबैध भारतीय नोट र हुण्डी  कारोबारमा संलग्न २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आईतवार पत्रकार सम्मेलनमार्फत ८ लाख १ हजार २ सय रुपैयाँ र बिआर ०५ के ६४४४ नम्बर को मोटरसाइकल सहित भारतको बिहार मोतिहारी जिल्ला ग्राम सुगौली वडा नम्बर ११ बस्ने २८ बर्षको अभिजित कुमार सर्राफलाई  सार्वजनिक गरिएकोे हो ।

त्यस्तै अर्का हुण्डी कारोबारी बिरगंज वडा नम्बर ९ रानीघाट निवासी २० बर्षीय राहुल केशरीलाई वडा नम्बर १२ रानीघाटमा अबैध रुपमा वित्तिय कारोबार संचालन भईरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरेको छ ।

एक करोड १५ लाख पाँच हजार एक सय पचास रुपैया र विभिन्न कागजात सहित केशरीलाई  पक्राउ गरेकोे प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =