ग्लोबल सेपर्सद्वारा श्री गणेश सेकेण्डरीलाई नयाँ भवन हस्तान्तरण

काठमाडौँ, असार २४ । ग्लोबल सेपर्सले बुढानिलकण्ठमा भएको श्री गणेश सेकेण्डरी स्कुललाई नयाँ निर्माण गरिएको भवन  प्रदान गरेका छन् । ग्लोबल सेपर्सले श्री गणेश सेकेण्डरीलाई नयाँ भवन असार २२ गते प्रदान गरेका हुन् ।

उक्त कार्यक्रमको अध्यक्ष सांसद गगन थापा थिए । कार्यक्रममा बुढानिलकण्ठका मेयर उद्धव खरेल, प्रदेश नं. ३ का सांसद भिमसेन खत्री ग्लोवल सेपर्सका युवा नेतृ आस्मी राणा ,स्थानीय नेता, उक्त स्कुलका शिक्षक र प्रधानाध्यापकको पनि उपस्थिति रहेको थियो ।

गोरखामा आएको भुकम्पपछि ग्लोबल सेपर्सले भुकम्पबाट प्रभावित विद्यार्थीहरुका लागि उक्त स्कुलको भवन स्थायी रुपमा बनाउने योजना बनाएका थिए ।

गोरखामा आएको भुकम्पले श्री गणेश सेकेण्डरी स्कुलको भवनमा धेरै क्षति पुर्याएको थियो । ग्लोबल सेपर्सले स्कुल भवनको सुरक्षालाई ध्यानमा राखी नयाँ र आधुनिक सुविधाका साथ उक्त भवनको निर्माण गरेको छ ।

उक्त स्कुलको भवन निर्माणको लागि ग्लोबल सेपर्सले रिलायन्स ग्रुप नेपाल, एम.सी. ग्रुप कतार एयरवेज, एन.आई.सी एसिया बैँक र एन.आई .बि.एल. बैँक जस्ता विभिन्न संस्थाहरुबाट सहयोग लिएका थिए । भवन निर्माणको लागि ठूलो धनराशी USD 150,000 अनलाईन क्याम्पियन बाट उठेको ग्लोबल सेपर्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *