सुरक्षा कारबाहीमा परि अफगानिस्तानमा ३४ लडाकू मारिए, १८ घाइते

अफगानिस्तान, असार २४ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्त अन्तर्गत पर्ने चाम्टल जिल्लामा ३४ जना लडाकू मारिएका छन् ।

उत्तर क्षेत्रीय प्रहरी प्रवक्ता सइद सरवार हुसेनले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको सो घटनामा परी अरु १८ जना घाइते भएका छन् ।

“सरकारी सुरक्षाकर्मीले शनिबार चाम्टल जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी ३४ भन्दा बढी विद्रोही मारिएका छन् भने अरु १८ जना घाइते भएका छन्,” हुसेनले भने ।

सो घटनामा परी सुरक्षाकर्मीतर्फ दुइजना मात्रै घाइते भएको अधिकारीहरुले दावी गरेका छन् । तालिबान लडाकूले घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =