घाँटी छिनालेर सरकारमा पुगेकाहरुले सर्वसत्तावाद लाद्न खोजे–उपकुलपति

काठमाडौँ, असार २४ । संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कूलप्रसाद कोइरालाले प्रधानमन्त्रीले ज्ञानको गहिराइ नबुझेर आफूलाई पक्राउ गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कोइरालाले नपढेको मान्छले ज्ञानको गहिराइ पवित्रता बुझ्ने भएतापनि प्रधानमन्त्री ओलीले संगत हुर्काइ र संस्कारले ज्ञानको गहिराइ नबुझेर आफूलाई पक्राउ गरेको आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै उनले आफूलाई अपराधीको शैलीमा पक्राउ गरेर सरकारले सामन्ती पारा देखाएको बताए । उनले भने, १४ वर्ष जेल परेको मान्छे प्रजातान्त्रिक हुनुहुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँ त सामन्ती हुनुहुँदोरहेछ ।

साथै उनले घाँटी छिनालेर र गोली ठोकेर सरकारमा पुगेकाहरुले सर्वसत्तावाद लाद्न खोजेको आरोप समेत लगाए ।

कोइरालाले यसअघि पटक पटक त्यही विधि र प्रक्रिया अपनाएर विश्वविद्यालयको कार्यक्रममा जाँदा कुनै अवरोध नभएको बताए । उनले भने, ‘यो पटक मैले त्यही विधि र प्रकिया अपनाएर विदाको निवेदन दिएको शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ । तर, किन रोकियो । मेरो विदाको निवेदनको फाइल किन लुकाइयो ।’

उनले आफुले कानुनी प्रक्रिया सबै पुरा गरेको बताए । सरकारले नै आफुलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाउँदै उनले भने, ‘सरकारले अधिनायवाद लाद्न खोज्यो, मेरो कुनै गल्ती नै छैन ।’

कोइरालाले एकेडेमिक क्षेत्रलाई तहसनहस पार्ने सरकारको लक्ष्य रहेको भन्दै उनले भने, एकेडेमिक क्षेत्रलाई कुनै तानाशाहीले तहसनहस पार्न सक्दैन ।

त्यस्तै विश्वविद्यालयको कुलपतिजस्तो मान्छेले हवल्दारी पारा देखाएको बताउँदै उनले भने, ‘प्रधानमन्त्री ज्यू हवल्दारी पारा देखाएर विश्वविद्यालय चल्दैन । बरु चाँडो भन्दा चाँडो ऐन संशोधन गरेर विश्वविद्यालयलाई राजनीतिक मुक्त बनाउनुस हैन भने अधिनायकवाद नलाद्नुस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *