करेन्ट लागेर नगर विकास समितिका पूर्वाध्यक्ष अधिकारीको मृत्यु

धादिङ, असार २४ । धादिङबेसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।

खेतमा पानी लगाउन लागेका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका–ं ३ धादिङबेसीका अर्जुन श्रेष्ठको मृत्यु भएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *