“””संघीयतालाई धकेलेर एकात्मकतर्फ लैजाने सडयन्त्र भएको छ”” –प्रदीप पौडेलले”

बुटवल, असार २४ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीलाई संसदमा किन दुई तिहाइको दम्भ चाहिएको हो भन्दै उनले प्रश्न समेत गरे ।

कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठिक नभएको र सच्चिन आग्रह समेत गरे ।

लोकतन्त्रमा संस्था बलियो हुने भन्दै उनले प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान आफ्नो मातहतमा लगेर ४ सय कार्यकता भर्ती गर्न खोजेको दाबी गर्दै उनले देश राजनीतिक दलका भर्ती केन्द्र बनाउनको लागि ओली एकाधिकारवाद र निरकुंशताको बाटोमा हिँडेको बताए ।

आफ्नो सम्वोधनको अधिकांश समय प्रधानमन्त्रीमाथि खनिन खर्च गरेका उनले प्रधानमन्त्री ओलीलाई घुडा टेकाएर छोड्ने उद्घोष समेत गरे ।

‘सरकारले निशेधित क्षेत्र किन तोक्ने, जनता सडकमा आउदा प्रधानमन्त्रीलाइ रेल ल्याउन, ग्यासका चुला घरघरमा पुर्याउन, पानी जहाज ल्याउन कस्ले रोक्छ र ?, हिजो माओबादीलाइ जंगलमा बसेर आन्दोलन नगर, राजधानी आउन भनेर कांग्रेसले राजधानीमा बोलाएको स्मरण गर्दै अहिले सरकारले गलत काम गर्दा जनता सडकमा जनता जान नपाउने ?’

प्रधानमन्त्रीलाई अतिवाद लाद्न नदिने बताउदै नेता पौडेलले अव गाली गरेर देश विकास नहुने बताए ।

विकृतिको विरुद्वमा आवाज उठाएका डा गोविन्द केसीको माग सम्बोधनमा सरकारको ध्यान नगएको प्रति उनले स्वाथ्यमा सबैको पहुच स्थापना गर्नको लागि केसीको माग जायज भएकोले तत्काल माग सम्बोधन गर्नुपर्ने बताए ।

दुई तिहाईको अगाडी गोविन्द केसीको केही नभएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई लाई दुई तिहाई भएको व्यक्ति राजा नभएको तर्क गरे । उनले भने–‘दूई तिहाई भएको व्यक्ति के राजा हो ?  उसलाई कानुन लाग्दैन, के उ कानुन भन्दा माथि हो ? ”

साथै उनले प्रम ओलीलाई संघियता विरोधी भएको आरोप समेत लगाए । संघीयताको खास विरोधीको रुपमा केपी ओली रहेको  आरोप लगाउदै उनले बाहिरी रुपमा मात्रै ओलीले संघीयताको सर्मथन गरेको बताए ।

संघीयतामा जम्मा ७ प्रतिशत मात्रै बजेट आएको भन्दै उनले बास्तविक संघीयता बलियो हुन नसक्ने थुर्पै आधारहरु देखा परेको  बताए । नेपालको व्युरोक्रेसी विस्तारै एकात्मक शासन तर्फ धकिलियोको उनको तर्क छ । उनले भने–‘ विस्तारै संघीयतालाई धकेलेर एकात्मकतर्फ लैजाने सडयन्त्र  भएको छ ।’

कार्यक्रममा नेपाली काग्रेसका युवा नेता समेत रहेका उनले कांग्रेस अव नया ढंगले अगाडी बढ्ने उल्लेख गरे । पौडेलले भने—‘हामीभित्र पनि केहि कमि कमजोरी रहेपनि त्यो सच्चाउदै अव दरिलो ढंगले न्यायको पक्षमा, अतिवादको विपक्षमा अगाडी बढ्छौं । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *