प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता

काठमाडौँ, असार २४ । एन आई सी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

सो सम्झौता अनुसार अब एन एन आइ सी एशिया बैँकका ग्राहकहरुले मुलुकभर फैलिएको २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बीर कृष्ण मर्हजनले हस्ताक्षर गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु,२१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७६ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२०अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको बैँकका सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

हालसम्म एन आइ सी बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैँकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =