डा. केसीलाई तत्काल वार्तामा आउन मन्त्री पोखरेलको आहृवान

काठमाडौँ, असार २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जुम्लामा आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक केसीलाई अनशन तोडेर तत्काल काठमाडौंमा आउन आग्रह गरेका छन् ।

आइतबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गरी तत्काल वार्तामा आउन आग्रह गरेका हुन् ।

उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद (सीटीईभीटी) लाई पुनर्गठन गर्ने घोषणा पनि गरे । उनले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पुर्‍याउने गरी सीटीईभीटीलाई पुनर्गठन गर्न लागिएको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *