विश्वकपमा सट्टेबाजी गर्ने चार जना बालुवाटारबाट पक्राउ

काठमाडौँ, असार २४ । विश्वकप फुटबलमा सट्टेबाजी गर्ने चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले काठमाडौँको बालुवाटारबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निराजन पौडेल, अनिल भण्डारी, प्रमोद रानाभाट र अनिल श्रेष्ठ रहेका छन् । रसियामा भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका पौडेले भने गुन्डा नाइके चक्रे मिलनका साथी भएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

लामो समयदेखि सट्टेबाजी भएको सुचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विश्वकप चलिरहँदा राजधानीमा ठूलो रकममा सट्टेबाजी भइरहेकाले यसमा सक्रियता बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *