सञ्चारमा नियुक्त गरेकाहरुलाई हटाएको भन्दै प्रेस युनियनको विरोध

काठमाडौं, असार २४ । शेर बहादुर देउवा नेतृत्वको सरकारले विभिन्न सञ्चार संस्थामा नियुक्त गरेकाहरुलाई हटाएको भन्दै नेपाल प्रेस युनियनले यसको व्यापक विरोध गरी सो निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले विभिन्न सञ्चार संस्थामा नियुक्त गरेकाहरुलाई हटाएको भन्दै त्यसको व्यापक विरोध गरेको हो ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले एक विज्ञप्ति जारी गर्दै तत्काल हटाउने निर्णय निर्णय फिर्ता लिइ पूर्ववत रुपमा काममा फर्काउन सरकारसँग माग गरेका हुन् ।

ओली सरकारको निर्णयअनुसार गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्यहरु विमला भण्डारी र गोविन्द कोइराला, नेपाल टेलिभिजन सञ्चालक समिति सदस्यका रुपमा ट्रेड युनियनका प्रतिनिधि गोविन्द धिताल, राष्ट्रिय समाचार समितिमा कर्मचारी प्रतिनिधिका रुपमा संचालक समिति सदस्य एकराज पाठक सहित अन्य सञ्चार सम्वद्ध संस्थामा काम गर्दै आएकाहरुको पद गएको छ ।

युनियनले कार्यकाल पूरा नहुँदै हटाइएका सबैलाई कानुनी चुनौती दिन समेत आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *