राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसाल पदमुक्त

काठमाडौं, असार २४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त हुनुभएको छ । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आज बाट पदमुक्त हुनुभएको हो ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले सो पत्र कार्यालय समय पछाडि आएकाले आफूले पढ्न नपाएको बताउनुभएको थियो ।

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । कांग्रेस नेतृत्वको सरकारको पालामा पाँच महिना र कम्युनिष्ट नेतृत्वको सरकारको पालामा चार महिना काम गरेको बताउँदै उनले दुवै सरकारबाट आफू सन्तुष्ट भएको बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आज दिउसो १ बजे औपचारिक विदाई गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिनुभयो । तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *