भारतीय रेल विभागको उच्चस्तरीय टोली आज काठमाडौं आउँदै

काठमाडौं, असार २४ । क्रस बोर्डर रेल कनेक्सन तथा जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे छलफल गर्न भारतीय रेल विभागको उच्चस्तरीय टोली आज काठमाडौं आउँदैछ ।

काठमाडौंमा भोलिबाट २ दिनसम्म चल्ने छलफलमा ५ वटा क्रस बोर्डर परियोजनासँगै बर्दिबास–जनकपुर–जयनगर परियोजना अन्तर्गत जनकपुर–जयनगर खण्डका बिषयमा मुख्य रुपमा छलफल हुने रेल विभागका सुचना अधिकारी प्रकाशभक्त उपाध्ययले जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौं–वीरगञ्ज रेलमार्ग परियोजनाका बिषयमा पनि दुई पक्षबीच छलफल हुनेछ । आगामी माघभित्रै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने तयारी गरेको बिभागले रेल लिजमा ल्याउने प्रक्रिया पनि अघि बढाएकाले त्यसको प्राबिधिक पक्षबारे भारतीय पक्षसँग थप छलफल गर्ने तयारी गरेको छ ।

३५ किलोमिटरको परियोजनाअन्तर्गत लिक निर्माणको काम सकिएकाले जनकपुर–जयनगर रेल सेवा सञ्चालन अन्तिम चरणमा पुगेको हो । सो परियोजनामा भारतीय रेल विभागसँग वेट लिजमा सम्झौता गर्नेबारे छलफल गर्ने नेपाली पक्षको तयारी छ ।

भोलिबाट सुरु हुने छलफलमा यसअघि उठेर पनि पूर्णता पाउन नसकेका केही प्राबिधिक बिषयमा दुई देशीय प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा रेल मार्ग परियोजनाका सम्बन्धमा भएका सहमतिको कार्यान्वयन सम्बन्धमा पनि दुई पक्षबीच छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *