रसियन मिडफिल्डरद्वारा राष्ट्रिय टीमबाट सन्यासको घोषणा

काठमाडौँ, असार २४ । विश्वकपबाट बाहिरीएपछि रसियन मिडफिल्डर एलेक्जान्डर सामडोभले सन्यासको घोषणा गरेका छन् ।

फिफा विश्वकप २०१८ को क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि रसियन मिडफिल्डर एलेक्जान्डरले रसियन राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन् ।

निकै नै निराश हुँदै ३३ वर्षीय फुटबलर सामडोभले भने, ‘मैले निर्णय लिइसकेँ मेरो लागि अब छाड्ने समय आयो । यो नै राष्ट्रिय टिमका लागि मेरो अन्तिम खेल हो ।

‘म केही निराश भएँ, तर हामीले समर्थकलाई गर्व गर्न लायक काम गर्‍यौँ किनकी हामीले राम्रो फुटबल खेल्यौँ । यसरी अन्त्य हुनु दुखद हो’ उनले भने । ‘यस बारेमा केही बोल्नु मेरो लागि कठिन हुनेछ । म निराश छु किनकी हामी सेमिफाइनलबाट एक स्टेप टाढा रह्यौँ ।‘

सामडोभ सन् २०११ मा रसियन राष्ट्रिय टिमका लागि छनोट भएका थिए । उनले ५३ खेल खेल्दै ७ गोल गरेका छन्।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *